अभियान लघुवित्तले १८ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधरण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ करोड ७५ लाख रुपैयाँको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र १२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

साउन १८ देखि निष्कासन हुने आइपीओमा २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


क्लिकमान्डु