एक हजार कित्तासम्म आवेदन दिन मिल्ने गरी धौलागिरी लघुवित्तले आइपीओ ल्याउने



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३ करोड ३१ लाख रुपैयाँको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
३ लाख ३१ हजार कित्तामा ५ हजार १५५ कित्ता सेयर कम्पनीका कर्मचारी र १६ हजार ५५० सेयर सामुहिक लगानी कोषका लागि बाँडफाट गरेर बाँकी रहेको ३ लाख ९ हजार २५९ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आइपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु