निफ्रा र नबिल बैंकको लगानीमा सिद्धार्थनगरमा १०० शैयाको अस्पताल बन्ने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाई तथा नबिल बैंकको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल बन्ने भएको छ ।

त्यसका लागि २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत गरि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब ५४ करोड तथा नबिल बैंक १ अर्ब सम्म लगानी गर्ने भएको छ ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको बताए ।

परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु