मौद्रिक नीति अघि नेप्से परिसूचक २७.२६ अंकले घट्यो



काठमाडौं । मौद्रिक नीति आउने दिन शुक्रबार नेप्से परिसूचक २७.२६ अंकले ओरालो लागेको छ । परिसूचक २०१७.४६ अंकमा सीमित भएको छ ।

सेयर बजारसम्बन्धी ४/१२ को नीति संशोधनमा संशय उत्पन्न भएपछि लगानीकर्ता बिक्रीमा होमिएका छन् । यो दिनको कारोबारमा जम्मा ३३ लाख २० हजार ५१२ कित्ता १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा किसान लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्सको सेयर मूल्य बढेको छ ।

साथै शीर्ष गुमाउने कम्पनीहरुमा सप्तकोसी डेभलपमेन्ट बैंक, रुरु जलविद्युत् परियोजना, सूर्योदय वोमी जलविद्युत वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था छन् ।


क्लिकमान्डु