सिक्लेस हाइड्रोपावरको आइपीओ निष्कासन



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावितलाई ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपीओमा आयोजना प्रभावित कास्की जिल्ला मादी गाउँपालिका–१, २ र ३ का स्थानीयले आवेदन दिन पाउनेछन् ।

आइपीओमा स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन साउन २० गतेसम्म दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ५ गतेसम्म दिन सकिने छ । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ ।

स्थानीयले बिक्री प्रबन्धकमा साथै माछापुच्छ्रे बैंकको मादी शाखा, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसीया बैंकको पोखरा शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु