सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाखको आइपीओ निष्कासन गर्ने



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५४ करोड ८८ लाख रुपैयाँको ५४ लाख ८८ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनीको साधारण सेयर प्रत्याभुति गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु