बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न अनुमति माग्दै दुई कम्पनी पुगे सेबोन



काठमाडौं । बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न औपचारिक रुपमा २ वटा कम्पनी अनुमति माग्दै धितोपत्र बोर्डमा पुगेका छन् ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्ड्रि विधिमार्फत् आइपीओ निष्कासन गर्न बोर्डमा असार २८ गते निवेदन दिएको छ । यस्तै रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्न असार ३१ गते बोर्डमा निवेदन दिएको छ ।

दुवै कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने छन् । त्यसको लागि बोर्डमा निवेदन दिएका हुन् । सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ करोड रूपैयाँको २४ लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यस्तै रिलायन्सले पनि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीले ७ करोड ७० लाख ६४ हजार रूपैयाँको ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु