एमएम प्लास्टिक उद्योगको आम्दानी २४ प्रतिशतले वृद्धि



काठमाडौं । एमएम प्लास्टिक उद्योग प्रालिको आम्दानी २४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको आम्दानी सन् २०२० को तुलनामा २०२१ मा २४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीअनुसार सन् २०२१ मा ४७ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कोभिड–१९ महामारीका कारण सन् २०२० मा ३८ करोड १० लाख रुपैयाँको मात्रै कारोबार गरेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०१९ मा भने ५० करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२२ को ११ महिनाको अवधिमा कोभिड अगाडिको जतिकै आम्दानी हुने जनाएको छ ।

विभिन्न प्लास्टिकजन्य जार, पेट प्रोडक्ट र एचडीपीइ पाइप र अन्य सामग्री उत्पादन गर्दै आएको कम्पनी एमएम ग्रुप अफ कम्पनीद्वारा सञ्चालित छ । मुख्यगरी एफएमसीजी उद्योग र जुस उत्पादन लागि चाहिने प्लास्टिक ब्रान्डमा प्लास्टिकजन्य वस्तु बिक्री वितरण गर्दै आएका छन् ।

लता प्याकुरेल, सुयास प्याकुरेल र ज्योति प्याकुरेलको २८÷२८ प्रतिशत शेयर रहेको कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५८ करोड रुपैयाँको रेटिङ गरेको छ । जसमा कम्पनीलाई दीर्घकालीन कर्जाका लागि २५ करोमड रुपैयाँ अर्थात् एलबी प्लस र अल्पकालीन कर्जाका लागि ३३ करोड रुपैयाँ अर्थात् एफोरको रेटिङ दिएको छ ।


क्लिकमान्डु