आजदेखि श्वेत गंगा हाइड्रोपावरकाे आइपीओ निष्कासन



काठमाडौं । श्वेत गंगा हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँको २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमा १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु