एक महिनामा १८ अर्ब ३५ करोडले घट्यो बैंकको कर्जा लगानी



काठमाडौं । असार महिनामा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जा १८ अर्ब ३५ करोड रुपैयाँ घटेको छ ।

जेठमा वाणिज्य बैंकले ४१ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा असारमा आइपुग्दा १८ अर्ब ३५ करोड रुपैयाँले घटेर ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँमा सिमित भएको छ ।

असार मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये १९ वटा बैंकको कर्जा घटेको छ भने बाँकी बैंकको बढेको छ । असार महिनामा कर्जा सबैभन्दा बढी बढाउने बैंकमा नबिल नै रहेको छ । नबिल बैंकले एक महिनामा ७९ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नबिल बैंकपछि धेरै कर्जा प्रवाह गर्ने बैंकमा नेपाल बैंक रहेको छ । बैंकले एक महिनाको अवधिमा ३ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

असार मसान्तसम्म कृषि विकास बैंकले ८ करोड, सेन्चुरी बैंकले ५६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब १४ करोड र स्टयान्डर्ड चार्टर्ड बैंकले ३९ करोड रुपैयाँ कर्जा लगानी बढाएको छ । तरलता अभावका कारण अन्य वाणिज्य बैंकले कर्जा बढाउन सकेका छैनन् । बैंकर्स संघका अनुसार बाँकी बैंकको कर्जा लगानी घटेको छ ।

एक महिनाको अवधिमा सबैभन्दा बढी कर्जा लगानी नेपाल इन्भेष्टमेन्ट बैंकको ५ अर्ब ४५ करोड रुपैयाँ कर्जा विस्तार घटेको छ । कर्जा विस्तार घट्ने दोस्रोमा एनआईसी बैंक रहेको छ । एक महिनामा बैंकको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ ।
संघका अनुसार बैंक अफ काठमाण्डूको १ अर्ब ५२ करोड, सिटिजन्स बैंकको ४० करोड, सिभिल बैंकको २० करोड, ग्लोबल आइएमइर्ए बैंंकको २८ करोड, हिमालयन बैंकको १ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी घटेको छ ।

संघका अनुसार कुमारी बैंकको २ अर्ब ४४ करोड, लक्ष्मी बैंकको ४४ करोड, माछापुच्छे बैंकको ३ अर्ब ३५ करोड, मेगा बैंकको ४९ करोड, एनसीसी बैंकको १४ करोड, एनएमबि बैंकको ३ अर्ब १७ करोड, नेपाल एसबीआई बैंकको ४४ करोड, प्रभु बैंकको ७८ करोड, प्राइम १२ करोड, सानिमा बैंकको ६९ करोड, सिद्धार्थ बैंकको ९९ करोड र सनराइज बैंकको कर्जा लगानी ९० करोड रुपैयाँले घटेको छ । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको असर कर्जा लगानीमा पनि परेको छ ।


क्लिकमान्डु