काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले दुई सञ्चार माध्यम विरुद्ध काउन्सिलमा दिए उजुरी



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दुई वटा सञ्चार माध्यमलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।

महानगर प्रमुख शाहले नेपाल समाचारपत्र दैनिक र हिमालयन टेलिभिजनले आर्थिक वर्ष २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रममा विनियोजित बजेट रकम कुनै अुमक संस्थालाई उपलब्ध गराउन लागिएको भन्ने तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार प्रकाशन, प्रशारण गरेको भन्दै उजुरी गरेका छन् ।

उक्त समयमा काठमाडौं महानगरले रुनिट अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ लाभ हुने गरी महानगरपालिकाले बजेट विनियोजन गरेको भन्दै समाचार प्रकाशन प्रशारण भएका थिए ।

प्रमुख शाहले दिएको उजुरीमा व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रुपमा समाचार प्रकाशन, प्रशारण गरेको भन्दै उजुरी दिएका छन् ।


क्लिकमान्डु