सेयर बजारमा हरियाली छाउँदा यी हुन् कमाउने र गुमाउने कम्पनी



काठमाडौं । सेयर बजारमा दोहोरोल अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १६.२० अंकले बढेर २०४५.६३ बिन्दुमा रोकिएको छ ।

मंगलबार २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता सेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक ६.५६ अंक, विकास बैंक ४१.५८, वित्त कम्पनी ४४.२०, जलविद्युत १५.९५, जीवन बीमा ८०.२२, उत्पादन तथा प्रशोधन ६४.१९, माइक्रोफाइनान्स ८१.६२, निर्जीबन बीमा समूहको उपसूचक ७२.६० अंकले बढेको छ ।

मंगलबारको कारोबारमा इमर्जिङ नेपाल, गनपती लघुवित्त वित्तीय संस्था, ग्रिन भेन्चर, आईसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सिभिल बैंक डिबेन्चर–२०८८, सनराइज बैंकको ऋणपत्र, ग्लोबल आइएमई बैंकको ऋणपत्र, आरबीबी म्युचुअल फण्ड–१, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीले १५ करोड ९७ लाख ७१ हजार ३३७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एभरेष्ट बैंक र हिमालयन डिस्ट्रिलरी रहेको छ ।


क्लिकमान्डु