महानगरका प्रमुख बालेन्द्र शाहको वडा स्तरीय निरीक्षण शुरु



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले वडा स्तरीय निरीक्षण अवलोकन शुरु गरेका छन् । सोमबार वडा–१ का विभिन्न स्थानमा पुगेका छन् ।

कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा कार्यालयसँगैको ढुङ्गेधारा, वडा कार्यालयसँगै रहेको नन्दीकेशरबहाल, नन्दी माध्यमिक विद्यालय, नारायण चौर (नन्दीकेश बगैँचा) नागपोखरी, हात्तीसार पुगेको थियो ।

त्यस क्रममा पोखरी तथा ढुङ्गेधाराको अवस्था र सुधार, वहालमा रहेको करुणामयको प्रतिस्थापित मूर्ति, विद्यालयमा शौचालय, बगैँचाको दिगो व्यवस्थापनलगायत विषयमा छलफल भएको छ ।

भगवान बहालमा रहेको करुणामयको मूर्ति भेट्टाएपछि प्रतिस्थापित गरिएको हो । प्रतिस्थापना गर्नुअघि मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । यसैगरी वडा कार्यालय भवनका लागि नन्दीकेशर बहाल पुननिर्माण गरेर माथिल्लो तला प्रयोग गर्न सकिने सम्भावनाका विषयमा छलफल भएको छ ।

अवलोकनका क्रममा प्रमुख शाहले, वडाबाट हुने काममा महानगरबाट पर्याप्त सहयोग हुने बताए ।


क्लिकमान्डु