ग्लोवल आइएमईको नाफा सवा ५ अर्ब, निक्षेप ३ अर्बले बढ्दा कर्जा २० अर्बले बढेपछि सीडी रेसियो ८९%



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा ग्लोवल आइएमई बैंकले ५ अर्ब २० करोड रुपैयाँ नाफा कमाउने भएको छ । यो अघिल्लो आर्थिक वर्षकोभन्दा १ अर्ब रुपैयाँले बढी हो । बैंकको कोर क्यापिटल करीब ५० अर्ब रुपैयाँ छ ।

गत वर्ष बैंकले निक्षेप बढाउन सकेन । तर, निक्षेपभन्दा झन्डै ७ गुणा धेरै कर्जा बढाएको छ । एक वर्षमा जम्मा ३ अर्बले निक्षेप बढाएको बैंकले २० अर्ब रुपैयाँले कर्जा बढाएको छ ।

आर्थिक वर्ष २०७८ असार मसान्तमा २ खर्ब ८३ अर्ब रहेको निक्षेप ०७९ असार मसान्तमा २ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । तर, २०७८ असार मसान्तमा २ खर्ब ४२ अर्ब रहेको कर्जा ०७९ असार मसान्तमा २ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेपको तुलनामा कर्जा अत्याधिक मात्रामा बढेपछि बैंकको सीडी रेसियो निकै टाइट छ । ०७९ असार मसान्तमा बैंकको सीडी रेसियो ८९ प्रतिशत छ भने तरलता अनुपात २३ प्रतिशत छ ।


क्लिकमान्डु