सानिमा बैंकको नाफा २ अर्ब, निक्षेप १ खर्ब ५८ अर्ब



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा २ अर्ब नाफा गर्ने अनुमान गरेको छ ।

बैंक स्रोतका अनुसार २ अर्ब हाराहारीमा बैंकले नाफा निकाल्ने छ ।

बैंकले असार मसान्तसम्म १ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब ४० अर्ब पुगेको छ ।

असार मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८० प्रतिशतमा आएको छ । तरलता अनुपात २७ प्रतिशतमा पुगेको छ ।


क्लिकमान्डु