सिटिजन्स बैंकको निक्षेप १ खर्ब ५५ अर्ब, सीडी रेसियो ८७ प्रतिशत



काठमाडौं । एक वर्षको अवधिमा सिटिजन्स बैंक इन्टरनेशनलले १५ अर्ब रुपैयाँले बढाएको छ भने कर्जा १८ अर्ब रुपैयाँले बढाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा बैंकले १ खर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८/७८ मा बैंकले १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

०७९ असार मसान्तसम्ममा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७ प्रतिशत छ भने तरलता अनुपात (एलडी रेसियो) २५ प्रतिशत कायम भएको छ ।


क्लिकमान्डु