मन्दाकिनी हाइड्रोपावरले आइपीओ ल्याउने



काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमा २३ हजार ५२१ कित्ता कम्पनीका कर्मचारी, ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा १२ साउनसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा २३ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा १० देखि १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ । आइपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु