बैंकको जागिर छाडेको ६ महिनामा भुवन दाहालले ल्याए ‘रिटायरमेण्ट एट फिप्टी’ पुस्तक



काठमाडौं । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा तथा सानिमा बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले ‘रिटायरमेण्ट एट फिप्टी’ पुस्तक ल्याएका छन् ।

नेपालको कान्छो वाणिज्य बैंक सानिमा बैंकदेखि नबिल बैंक तथा बैकर्स संघको अध्यक्ष बन्दाको विषय पुस्तकमा समेटिएको छ ।
नेपाल बैंकर्स संघको अध्यक्ष हुंदा संघिय संसदको अर्थ समिति, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सिबिफिन आदि संस्थासंग कार्य गर्दाका उनका अनौठा अनुभवहरु पनि पुस्तकमा लेखिएका छन् ।

पुस्तक ७ वटा अध्यायमा लेखिएको छ । जसमा उनले बैंकको वित्तीय विवरणदेखि नबिल बैंक कसरी पहिलो स्थानमा आयो तथा चन्द्र ढकाल कसरी सफल उद्यमी भए भन्ने विषय समेटेका छन् ।

बिज्ञान शिक्षकबाट खाएको पिटाई, नबिल बैंकमा आफ्नो बढुवा छिटोछिटो हुनुको रहस्य तथा युवा पुस्ताले सफल हुन गर्नुपर्ने विषय तथा सीइओ हुन नचाहेको कुरा समेत पुस्तकमा उल्लेख गरिएको छ ।

यस पुस्तकमा उनले बैंकिंग क्षेत्रका हस्तिहरु सत्येन्द्र प्यारा श्रेष्ठ, राजन सिंह भण्डारी, शोभनदेव पन्त, सुरेन्द्र भण्डारी, पर्शुराम कुंवर, श्रवण मास्के, अनिल ज्ञवाली, अनिल केशरी शाह, अनिल उपाध्याय, सुनिल केसि, ज्ञानेन्द्र ढुंगाना, सचिन जोशी, अशोक राना, राधेश पन्त, बर्षा श्रेष्ठ, सुन्दर कंडेल, तुलसिराम गौतम, कुमार लम्साल, अनुपमा खुञ्जेली, मनोज गोयल, डिसि खन्ना, सुरज मेहता, रबिना देशराज श्रेष्ठ, स्व सुप्रिय गुप्ता, स्व शम्भु प्रसाद पौडेल, आदि सँग जोडिएका विविध प्रसंगहरु उल्लेख गरिएको छ ।

त्यसैगरि मह जोडी, डा। युवराज खतिवडा, बिष्णु पौडेल, जनार्दन शर्मा, बिनोद चौधरी, डा पुष्प कंडेल, डा चिरञ्जीवी नेपाल, महाप्रसाद अधिकारी, बमबहादुर मिश्र, शेखर गोल्छा, रेवत बहादुर कार्की, जिवनाथ लामिछाने, सन्दिप लामिछाने आदिसँग जोडिएका रमाईला प्रसंगहरु पनि किताबमा उल्लेख गरिएका छन् ।
दाहालले पुस्तक लेखनबाट प्राप्त हुने सम्पूर्ण पारिश्रमिक सामाजिक संस्थाहरुलाई प्रदान गर्ने निर्णय गरेका छन् ।


क्लिकमान्डु