करछलीमा सहयोग गर्ने ५० वटा सेयर ब्रोकरमाथि छानबिन गर्न निर्देशन
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सेयर ब्रोकरले करछलीमा सहयोग गरेको जनाएको छ । महालेखाको ५९ औं वार्षिक प्रतिवेदनमा ५० वटा सेयर ब्रोकरले पूँजीगत लाभकर असुल नगरेको भन्दै २०७३÷७४ देखिको कारोबार छानबिन गर्नुपर्ने उल्लेख गरेको छ ।
आयकर ऐन, २०५८ को दफा ४७ मा गाभिने संस्थाको सेयर बिक्री गर्दा २ वर्षसम्म पूँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छ ।
तर,एकीकृत कारोबारछि छुट नपाउने संस्थाको सेयर बिक्री गर्दा समेत पूँजीगत लाभकरमा छुट पाएको हुँदा ब्रोकरलाई छानबिन गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।