जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिको बैठक, अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय



काठमाडौं । निवर्तमयन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै शर्मासँग विषय कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए । उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताए । सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले आजको बैठको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गर्नुभएको बताए । सचिव अर्यालले अर्को बैठक बुधवार दिउँसो बस्ने बताए ।

उनले भने,‘ संसदीय छानबिन समितिको पहिलो बैठक ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक सिंहदबारमा बस्यो । यो भन्दा अगाडि सचिवालयलाई कार्यविधि बनाउन जिम्मा दिइएको थियो । तीन दिन लगाएर कार्यविधि बनाएका थियौं । बैठकका दुई वटा कार्यसूची थिए । कार्यविधिलाई समितिमा छलफल गरेर स्वीकृत गर्ने र अर्को समितिको सभापतिको निर्वाचन गर्ने विषय थियो ।

यो कार्यविधिमा विस्तृत रुपमा छलफल भयो । मान्य सांसदहरुले आफ्नो सुझाव राखे । त्यो सुझावहरुलाई आधार मानेर अन्तिम कार्यविधि बनायो र त्यो कार्यविधि पारित गरियो ।

समितिको सभापति आन्तरिक छलफल गरेर सर्वसहमतिबाट चयन गर्ने छलफल भएको छ । बुधवार साढे दुई बजे अर्को बैठक बस्ने आवश्यक कागज सम्बन्धमा अर्थ मन्त्रालयसँग पत्राचार गरेर विवरण माग गर्ने निर्णय भएको छ।
शर्माले अर्थमन्त्री हुँदा २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यी संसदीय विषेश छानबिन समिति बनेको छ ।

अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीपज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहनुभएको छ भने समितिमा नेपाली काँग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत छन् । यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन् ।

छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ ।


क्लिकमान्डु