१० महिनामा उच्च शिक्षाका लागि ५१ अर्ब बाहिरियो, अब कडाइ गर्नुपर्छः सुरेन्द्र पाण्डे



काठमाडौ । नेकपा एमालेका सांंसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पान्डेले उच्च शिक्षाका लागि विदेश जाने नीतिमा कडाइ गर्नुपर्ने बताएका छन् ।

सोमबार अर्थसमितिको बैठकमा बोल्दै पाण्डेले भने, ‘१० महिनामा ५१ अर्ब रुपैयाँ विदेशिएको छ, यो विषयमा अब बोल्नुपर्ने बेला भएको छ ।’

उनले यो नीति आम जनताभन्दा पनि सुकिला मुकिलातिर बढी गएको हो कि भन्दै प्रश्न समेत गरे । उनले विदेशी पठाउने नीतिले नेपालको जग्गा बेचेर हुण्डिबाट बढी पैसा विदेश गएको समेत बताए ।

उनले राष्ट्र बैकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा कृषि, विदुत््, प्रविधि, शिक्षा, स्टार्टअप लगायतका बिजनेसलाई केन्द्रमा राख्न समेत सुझाव दिए ।

उनले नेपालबाट विदेश पैसा जाने नीति रोक्नुपर्ने बताए । यसका लागि जुन क्षेत्रबाट धेरै पैसा विदेश जान्छ त्यसमा कडाइ गर्नुपर्ने बताए ।,


क्लिकमान्डु