आर्थिक संकटमा फसेको श्रीलंकामा एकैदिन राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा



गम्भिर आर्थिक समस्यामा फसकेको श्रीलंकामा एकैदिन राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा घोषणा गरेका छन् ।

शनिबार प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जामा लिएका थिए । श्रीलंकामा अहिले आर्थिक संकटमा छ । आन्दोलनकारीले प्रधानमन्त्री कार्यालय समेत जलाएका छन् । राष्ट्रपति गोताबाया राजापाक्षेले राजीनामा दिने घोषणा गरेका छन् ।

राजापाक्षेलाई गत मार्चदेखि नै राजीनामा दिन दबाब बढ्दै गएको थियो । गत अप्रिलमा प्रदर्शनकारीले उनको कार्यालयको प्रवेशद्वार कब्जा गरेपछि राष्ट्रपति राजापाक्षेले निवासलाई आफ्नो निवास र कार्यालयको रूपमा प्रयोग गर्दै आएका थिए ।

प्रदर्शनकारीले राष्ट्रपति भवन नियन्त्रणमा लिनु अगाडि नै उनी अज्ञातस्थलमा छन् ।

आन्दोलनकारीले लामो समयदेखि प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गरिरहेका थिए ।

श्रीलंका विगत केही दशकयताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । देशमा पेट्रोल, खाद्यवस्तु र औषधिको अभाव भएको छ ।

प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका छन् उनीहरुलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ । सार्वजनिक भएको भिडियो फुटेजमा प्रदर्शनकारीहरु राष्ट्रपति भवनमा कुर्सीमा बसेर स्विमिङ पुलमा नुहाउँदै गरेको देखिन्छ ।

श्रीलंकाका प्रधानमन्त्री प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राजीनामा दिन तयार भएको बताएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफैंले ट्वीट गर्दै यसको पुष्टि समेत गरेका गरेका छन् ।

यसअघि विक्रमासिङ्घेले सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन राजी भएको पनि पीएमओले जनाएको थियो ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पार्टीका नेताहरुलाई सर्वदलीय सरकारका लागि आफ्नो पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।

विदेशी मुद्राको सञ्चिति घट्दा श्रीलंकामा गम्भिर मानवीय संकट समेत आउने प्रक्षेपण गरिएको छ । पेट्रोलियम पदार्थको अभाव छ भने श्रीलंकाले तिनुपर्ने ऋण तिर्न नसक्ने घोषणा गरिसकेको छ ।

विदेशी मुद्राको अभावको कारण श्रीलंकामा बच्चाहरुले प्रयाप्त मात्रामा पोषणयुक्त खानेकुरा खान पाएका छैनन् । यसले कुपोषण हुन सक्ने चिन्ता सयुक्त राष्ट्रसंघले गरेको छ ।

शनिबारको प्रदर्शनमा श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्या पनि सहभागी थिए । उनले ट्वीटरमा आन्दोलनकारीसँगका आफ्ना केही तस्विर पनि सेयर गरेका छन् ।
उनले आफू श्रीलंकाका जनताको साथमा रहेको र छिट्टै विजयको उत्सव मनाउने र यसलाई कुनै अवरोध बिना निरन्तरता दिनुपर्ने लेखेका छन् ।


क्लिकमान्डु