जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार



एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिंजो आबेमाथि शुक्रबार गोली प्रहार भएको छ । जापानको पश्चिम क्षेत्रमा उनले भाषण दिइरहेको समयमा गोली प्रहार भएको हो ।

प्रहरीले शंकास्पद एक जना ४१ वर्षे व्यक्तिलाई प्रक्राउ गरेको छ । जापानका सञ्चारमाध्यमका अनुसार गोली प्रहारपछि आबेको स्वास्था गम्भीर छ भने उनी बेहोस भएका छन् । एनएचकेको रिपोर्ट अनुसार उनी एम्बुलेन्समा राख्दासम्म भने उनी होसमा थिए ।

शंकास्पद आक्रमणकारी नाराको निशी प्रहरी स्टेसनमा राखिएको छ । उनको पहिचान तेत्सुया यामागामीका रुपमा गरिएको छ । ती व्यक्ति नारा सिटीका बासिन्दा हुन् । जापानको सरकारी प्रसारक एनचकेका अनुसार आक्रमणकारीले ह्यान्डमेड बन्दुकबाट गोली प्रहार गरेको थियो ।

सिंजो आबेको लिबरल डेमोक्रेटिक पार्टीका अनुसार उनलाई पछाडिबाट गोली प्रहार गरिएको हो । जापान टाइम्सका अनुसार आबेको हालत गम्भीर छ । उनलाई नारा मेडिकल विश्वविद्यालयको अस्पतालमा भर्ना गरिएको छ ।


क्लिकमान्डु