अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

अर्थमन्त्री शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन समिति गठन भएकोमा धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले भने, ‘सहमतिमा संसदीय छानबिन समिति बनेकोमा म धन्यवाद दिन चाहन्छु ।’

उनले प्रतिपक्ष दलले आफूमाथि पूर्वाग्रह राखेको भन्दै राजीनामा मागिएको विषयमा आफूलाई आफूले सम्मान गर्ने बताए ।

अर्थमन्त्री शर्माले छानबिन समिति गठन भइसकेको अवस्थामा मन्त्रीले राजीनामा दिनुपर्ने र मन्त्रीका रुपमा संसदमा बोल्न नहुने माग गरेका थिए ।

मन्त्री शर्माले आफू राति ११ बजे मन्त्रालयबाट मन्त्री क्वार्टरमा पुगेको र विहान ६ बजे मन्त्रालयमा पुगेको समेत बताए ।


क्लिकमान्डु