अर्थमन्त्री शर्मालाई पूर्वमन्त्रीको हैसियतमा बयान लिनुपर्छ, तीन कसुरमा कारबाही हुनुपर्छः एमाले



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको सम्बोधनलाई बहिस्कार गरेको छ ।

बुधबारको बैठकमा एमालेले अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म मन्त्री रुपमा बोल्ने हैसियत नभएको दाबी गरे ।
एमाले नेता योगेश भट्टराईले बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीको हैसियतमा बोल्ने कुनै नैतिक अधिकारी नभएको दाबी गरे ।

बजेट ल्याउने अघिल्लो राति अर्थमन्त्रलयमा भएको घट्नामा मन्त्री दोषी भएको प्रमाणित भएको भन्दै मुलुकी सहिता, साइबर अपराध, सीसीटीभी फुटेज डिलिट गरेको असुरमा कारबाही गर्न माग गरे । ‘त्यस्तो व्यक्तिले मन्त्रीको रुपमा संसदमा बोल्न मिल्दैन’ उनले भने ‘शर्माले संसदमा बोल्ने हो भने पदबाट राजीनामा दिनुपर्छ । मन्त्रीको रुपमा भाषण गर्ने हो भने हामी सुन्न तयार छैनौ ।’

सांसद भट्टराईले मन्त्री हटाउन प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरे । मन्त्रीलाई पदमा राखेर छानविन हुन नसक्ने दाबी गरे । मन्त्री पदमा नै रहने हो भने थप प्रमाण गायब गराउने भन्दै मन्त्री शर्मालाई बर्खास्त गर्न वा राजीनामा गराउन आग्रह गरे ।
गठित छानविन समितिले शर्मालाई पूर्व मन्त्रीको हैसियतले बयान दिनुपर्ने उनको दाबी छ ।

भट्टराईले यो विषयमा योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व अर्थमन्त्री, पूर्व अर्थ सचिवले पनि यो विषयमा चासो देखाएको बताए ।


क्लिकमान्डु