सेयर बजारमा दोहोरो अंकको सुधार, कमाउनेमा सिभिल बैंकका लगानीकर्ता पनि



काठमाडौं । सेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ । अन्तिम समयमा बजारमा सुधार आउँदा दोहोरो अंकको सुधार देखिएको हो ।

बजार मापन गर्ने सूचक १३.३३ अंकले बढेर परिसूचक २०४३.९२ बिन्दुमा रोकिएको छ । २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेर ३८८.९१ बिन्दुमा रोकिएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ ।

यो दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर कम्पनी, सिभिल बैंक, रिलायन्स फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् ।

यो दिन गोर्खाज फाइनान्सको धेरै रकमको कारोबार भएको छ । कम्पनीको ११ करोड ७२ लाख ८० हजार ३३० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र सिभिल बैंक रहेको छ ।


क्लिकमान्डु