बजेटमा सेटिङ गरिएको ओलीको आरोप, संसदीय छानबिन समिति बनाउन माग



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले बजेट निर्माणका क्रममा भएका अनियमितताको विषयमा संसदीय छानबिन हुनु पर्ने माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै बिचौलिया राखेर बजेट बनाउने काम भएको आरोप लगाउँदै सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति बनाउने पर्ने माग गरेका हुन् ।

‘मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्रीले चुप लागेर बस्न मिल्दैन्,’ ओलीले भने, ‘यो संसदीय प्रणाली हो । यत्रो आरोप लागे पछि प्रधानमन्त्री जवाफदेही हुनु पर्दैन् ?’ ‘देश बबार्द होस् गठबन्धन जोगाउनु पर्छ भन्ने तपाईंको धारणा हो’ ओली प्रधानमन्त्री देउवालाई भने, ‘राष्ट्रको अर्थतन्त्र ध्वस्त बनाउने खुल्ला तमाशा हुँदा समेत प्रधानमन्त्री चुप लाग्न मिल्छ ?’

नेकपा एमालेका सांसदहरुले प्रतिनिधी सभाको बैठकमा सिसिटिभीको फुटेज देखाउन माग गर्दा समेत अर्थमन्त्री जनार्दन शर्माले पूmटेज नदेखाएको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

‘गृह मन्त्रालयको तीन महिना सिसिटिभिको फुटेज रेकर्ड राख्ने कानून सर्वसाधारणलाई मात्रै हो ?’ ओलीले भने, ‘अनाधिकृत व्यक्ति राखेर बजेट बनाएको पुष्टि भएकाले सरकारले सिसिटिभी फुटेज नदेखाएको हो ।’


क्लिकमान्डु