भारत सरकारले पेट्रोलियम पदार्थ निर्यातमा लगायाे कर



काठमाडौं । भारत सरकारले पेट्रोलियम पदार्थ निर्यातमा कर लगाएकाे छ ।

इकोनोमिक टाइम्सका अनुसार भारत सरकारले पेट्रोल र एटीएफको निर्यातमा प्रतिलिटर ६ रुपैयाँ भारु र डिजेलको निर्यातमा प्रतिलिटर १३ रुपैयाँ भारु कर लाग्ने जनाएको छ ।

त्यसैगरी, भारत सरकारले घरेलु क्रुड आयलमा पनि प्रति टनको २३ हजार २३० भारु कर लाग्ने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आन्तरिक मूल्यलाई तर्कसंगत बनाउन कर लगाउने निर्णय गरेको सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

उक्त कर बढाउने निर्णयसँगै कच्चा तेल उत्पादक कम्पनीहरूको आम्दानीलाई असर गर्ने जनाएको छ ।

सरकारले निजी क्षेत्रको तेल प्रशोधन उद्योगको नाफामा असर पर्ने अनुमान गरिएको छ । युरोप, अमेरिकाजस्ता देशमा भारतको तेल प्रशोधन कारखानाले पेट्रोल–डिजेल र एटीएफ निकासी गरेर धेरै नाफा कमाउँदै आएको थियो ।

त्यस्तै, भारत सरकारको कर बढाउने निर्णयले नेपालमा पनि असर पर्ने देखिन्छ ।
नेपालले भारतबाट तेल आयात गर्दै आएको छ । भारतले पेट्रोलियम पदार्थमा निर्यात कर लगाउने वित्तिकै नेपालमा प्रत्यक्ष असर देखिने भएको हो ।


क्लिकमान्डु