सेयर बजारमा उछाल, सेन्सेटिभ इन्डेक्स १२.६३ अंकले बढ्यो



काठमाडौंं । सेयर बजारमा उछाल आएको छ । बिहीबार बजार मापन गर्ने सूचक ७४.९३ अंकले बढेर परिसूचक २०३७.६४ बिन्दुमा रोकिएको छ । यो दिन इन्डेक्स र कारोबार रकम दुवै बढेको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.६३ अंकले बढेर ३९१.७८ बिन्दुमा रोकिएको छ ।
२२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ ।

बिहीबारको कारोबारमा दर्जन कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको ९ करोड ९५ लाख २० हजार ६३० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र एशियन लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ ।


क्लिकमान्डु