अर्बौको कमिसन खाएर आयल निगम व्यापारीलाई दिने खेल भयोः कांग्रेस नेता पौडेल



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भिर आरोप लगाएका छन् ।

६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहनु भएका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन् ।

नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्र्र्र्बाै कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति व्यक्त गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरुले अघि ल्याउनुपर्ने बताए ।

‘आज पनि फेरी म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो । तपाई मिडियाहरुको माध्यामबाट एउटा कुरा जाओस– अहिले पनि म फेरी सुन्दैछु । आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भईराखेका छन रे,’ पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु गरे । समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको बताए ।


क्लिकमान्डु