निर्जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब बीमाशुल्क, जेठमा करिब ३ अर्ब



काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३४ अर्ब रूपैयाँ भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको जेठ मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरूले ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रूपैयाँ कुुल बीमाशुल्क संकलन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमा, सामुन्दि«क बीमा, मोटर बीमा, इञ्जिनियरिङ तथा सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कुल २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी जारी सो रकम संकलन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनामा मात्रै करीब ३ अर्ब रूपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरूले १ लाख ६७ हजार १० वटा बीमालेख जारी गरी २ अर्ब ९६ करोड १६ लाख ९८ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार २० निर्जीवन बीमा कम्पनीमध्ये १७ वटाले अर्ब भन्दा धेरैको व्यवसाय गरेका छन् भने बाँकी ३ वटा कम्पनीको व्यवसाय करोड मै सीमित भएको छ ।

नेशनल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको व्यवसाय अर्ब भन्दा कम रहेको हो ।

यस अवधिसम्ममा शिखर इन्स्योरेन्सले धेरै बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ । शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४० करोड ६३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छ ।

समितिको तथ्यांअनुसार यस अवधिमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ७९ करोड ९४ लाख रूपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड २८ लाख रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड ५३ लाख रूपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड ४९ लाख रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९२ करोड ७९ लाख रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ७० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५३ करोड ७२ लाख रूपैयाँ, हिमालयन जनरलले १ अर्ब ८७ करोड ८४ लाख रूपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ४५ लाख रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब ३६ करोड ५४ लाख रूपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड ६५ लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३८ करोड ४५ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख रूपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब २२ करोड २२ लाख रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २० करोड ४८ लाख रूपैयाँ र एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ११ करोड १० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जनरल इनस्योरेन्सले ८१ करोड ७८ लाख रूपैयाँ, सानिमा जनरलले ९० करोड ६८ लाख रूपैयाँ र नेशनल इन्स्योरेन्सले ८० करोड १५ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु