सेयर बजारमा छायो हरियाली



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । यो दिन बजार मापन गर्ने सूचक ४१.३९ अंकको बढोत्तरी आएको छ । बजारमा ४१.३९ अंकको बढोत्तरी आउँदा परिसूचक १९६२.७१ बिन्दुमा रोकिएको छ ।

२२८ कम्पनीको ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक ९.९७, विकास बैंक १४१.३८, जलविद्युत ८२.४८, जीवन बीमा १२३.८६ उत्पादन तथा प्रशोधन १३१.७४, माइक्रोफाइनान्स ११५.३२, निर्जीबन बीमा समूहको उपसूचक १९४.६६ अंकले बढेको छ । कारोबारमा आधिखोला लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, बरुण हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा ङादी पावर कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ५४ करोड २७ लाख ६६ हजार रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा एशियन लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।


क्लिकमान्डु