आयोजना प्रभावितले किनेनन् मन्दाकिनी हाइड्रोपावरको सेयर, थपियो समय



काठमाडौं । जलविद्युत् कम्पनीको आयोजना प्रभावित क्षेत्रका स्थानीयले उनीहरुका लागि छुट्याएको आरक्षणको सेयरमा माग अनुसार आवेदन दिन छोडेका छन् ।

पछिल्लो समय बजारमा आएको गिरावटका कारण जलविद्युत् कम्पनीको आइपीओमा आयोजना प्रभावितले काम आवेदन दिन थालेका हुन् ।

मन्दाकिनी हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावितका लागि निष्कासन गरेको सेयरमा पनि मागभन्दा कम आवेदन परेकाे हाे ।

कम्पनीले असार १ गतेदेखि असार १५ गतेसम्म आयोजना प्रभावितका लागि सेयर निष्कासन गरेको थियो । जसमा आयोजना प्रभावितले आवेदन नदिएपछि समय थप गरी असार २२ गतेसम्म पुर्याइएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड ८८ लाख ३ हजार ७०० रुपैयाँको ५ लाख ८० हजार ३७ कित्ता सेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउछन् ।

कम्पनीले आइपीओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२, ३, ४ र ६ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले आइपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल छ ।


क्लिकमान्डु