एक साताभित्र पुँजी बजारका विषयमा सुझाव पठाउन धितोपत्र बोर्डको आग्रह



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रमका लागि एक साता भित्र सुझाव दिन आग्रह गरेको छ ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका लागि सुझाव दिन आग्रह गरेको छ ।

बोर्डले असार २० गतेसम्म सल्लाह तथा सुझाव दिन आग्रह गरेको छ । बोर्डले नीति तथा कार्यक्रमका लागि मस्यौदा तयार पारिरहेको पनि जानकारी गराएको छ ।


क्लिकमान्डु