पर्यटनमन्त्री आलेको करिब ९ महिने कार्यकाल, आफैलाई दिए ९० नम्बर !



काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई शुक्रबार ४८ घण्टा अगाडि राजीनामा दिन्छु भनि दिएको बाचाअनुसार आज राजीनामा दिएको उनले बताए ।

आइतबार साँझ पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा गरेको कामको मूल्यांकन गर्दै आफैले आफूलाई ९० नम्बर दिए ।

‘म प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्ने कार्यकर्ता हुँ, मलाई एक्सन चाहिन्छ,’ उनले भने, ‘यसबीचमा मैले गरेको कामका आधारमा मआफैलाई ९० नम्बर दिन्छु । बाँकी जनताले मूल्यांकन गर्नेनै छन् ।’

गत असोज २२ गते मन्त्र बनेका आलेले करिब ९ महिना मन्त्रीलयमा बिताउँदा कैयन राम्रा काम गरेको समेत दाबी गरे ।

पर्यटनमन्त्री आलेले आफूले २६३ दिन मन्त्री बनेको र यसबीचमा काम नगर्नेलाऊ कारबाही र राम्रो काम गरेकालाई राम्रो व्यवहार गरेको बताए।


क्लिकमान्डु