पर्यटनमन्त्री आलेले दिए राजीनामा



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एकीकृत समाजबादी पार्टीबाट मन्त्री बनेका आलेलाई पार्टीले राजीनामा दिन भनेपछि राजीनामा दिएका हुन् । आलेले राजीनामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् ।

पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँग मन्त्री रामकुमारी झांक्री, विरोध खतिवडा र आलेसहित १० जनाले विरोध जनाएका थिए । तर हाल आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

मन्त्री आलेले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।


क्लिकमान्डु