दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँट, ९ जना भाग्यमानीलाई ११ कित्ता



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट भएको बाँडफाँटमा २ लाख १ हजार ९८६ जनाले सेयर हात पारेका छन् । जसमा ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आइपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द थियो । कम्पनीले जेठ २६ देखि ३१ गतेसम्म आइपीओ निष्कासन गरेको थियो ।

१ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारी र २० लाख १९ हजार ८६९ कित्ताका सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

आइपीओमा नजिता बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, मेरोसेयर, दोर्दी खोलाको वेबसाइट र सीडीएससीको वेवसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु