बालेन शाहको नीतिः खुल्लामन्च संगैको जग्गामा रिभर्स बोरिङ्ग सहितको भूमिगत पार्किङ्ग



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममा काठमाडौँको बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिका–११ मा रहेको खुल्लामन्च संगैको जग्गामा रिभर्स बोरिङ्ग सहितको भूमिगत पार्किङ्गका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

यस्तै महानगर क्षेत्रभित्र सवारी साधान पार्किङ्ग गर्न उपलब्ध हुने स्थानहरुको पहिचानका लागि सम्बद्ध निकाय समेतको प्रतिनिधत्व हुने गरी एक अध्ययन टोली गठन गरी प्राप्त हुने अध्ययन प्रतिबेदनको आधारमा खुल्ला प्रस्ताब आह्वान गरी प्रतिस्पर्धात्मक बिधिबाट पार्किङ्गको ब्यबस्थापन गरिने भएको छ ।

निजी क्षेत्र र अन्य नगरपालिका समेतको लगानीमा उपत्यकाभित्र संचालनमा रहेका सार्बजनिक सवारी साधनमा सिसिटिभी जडान गरिने भएको छ । यस्तै यात्रुहरुलाई विद्युतीय माध्यमबाट सवारी भाडा तिर्ने व्यवस्थाका लागि सहजीकरण र समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लखे छ ।

सार्बजनिक यातायातलाई प्रभाबकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यका भित्रका सबै सार्बजनिक यातायातलाई एउटै छातामुनी संचालन हुने गरी ब्यबस्थापन गर्न आवश्यक पहल गरिने, फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आबश्यक प्रबन्ध मिलाइने भएको छ ।


क्लिकमान्डु