महानगरको नीति तथा कार्यक्रमः फोहोर व्यवस्थापन गर्न के-के छन् मेयर बालेन्द्र शाहका योजना ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रविधिमा आधारित फोहोरमैला व्यवस्तापन प्रणाली उपयोग गरी यसको दिगो व्यवस्थापन गर्ने बताए ।

यसका लागि आवश्यक अध्ययन अनुसन्धान, प्रविधि प्रणाली तथा सोको प्राप्ति, स्थापना विकास र सञ्चलानको कार्य गर्न छुट्टै परियोजना गठन गरी छिट्टै जिरो वेस्ट अवधारणा कार्यान्वयन गर्ने बताए । नीतिमा फोहोर वस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा सोबाट त्यसबाट उर्जा उत्पादनका लागि उपयुक्त स्थानमा वेस्ट इनर्जी प्लान्ट जडान गर्ने नीति लिइने उल्लेख छ ।

महानगरको फोहोरको दिगाे व्यवस्थापनका लागि फोहोरको संकलन, ढुवानी र रुपान्तरण गर्न प्रतिस्पर्धात्मक विधिबाट काम अघि बढाइने छ । मेयर शाहले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि छुट्टै कम्पनी खोल्ने र गाडीको व्यवस्थापन गर्न पहल गर्ने बताए ।

मेयर शाहले काठमाडौंमा रहेका बैंक तथा वित्तीय संस्थामा सहकार्य गरेर अपाङ्गमैत्री एटीएम मेसिन सञ्चलानका लागि पहल गर्ने घोषणा गरे ।


क्लिकमान्डु