काठमाडौंमा मेट्रो स्थापना गर्न सरकारी तथा अन्य नियकासँग सहकार्य गर्नेः मेयर बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेका हुन् । उनले काठमाडौं उपत्यकामा मेट्रो स्थापनाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकायसँग सहकार्य गर्ने बताए ।

उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौंको फोहोर व्यवस्थापन प्रस्तान विन्दु भएको बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै दरबार हाई स्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालय बनाउने घोषणा गरे । मेयर शाहले महानगरबासीको स्वास्थ्यलाई ध्यान दिएर महानगरमा कर तिर्नेलाई स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाउने र ५० प्रतिशत रकम महानगरले व्यहोर्ने बताए ।

महानगरमा बस्ने असहायका लागि निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । एक वर्ष भित्र महानगरका सडक बत्तीm ढल, पानीको एकीकृत डिजिटल विवरण तयार पारिने बताए ।

महानगरमा फुटपाथ बढाउने, सार्वजनिक सवारी पार्किङमा फल्चा बनाउने घोषणा गरे । नीजि क्षेत्रसँगको सहकार्यमा सार्वजनिक शौचालयन प्रयोगमा ल्याउने बताए । खाली रहेका जग्गामा पानी संकलन गर्ने घोषणा गरे । यस्तै महानगरको मूख्यालय हरी भवनको प्रवलिकरण गर्ने बताए ।


क्लिकमान्डु