एमालेले माग्यो अर्थमन्त्री शर्माको राजीनामा



काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

मन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा बाहिरी व्यक्तिलाई मध्यराती अर्थ मन्त्रालयमा बोलाएर करका दरमा परिवर्तन गर्न लगाएर वित्तीय अपराध गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद भानुभक्त ढकालले मन्त्री शर्माको राजीनामा माग गरेका छन् । मन्त्री शर्माले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ । बैठकमा सांसद ढकालले सरकारले ल्याएको बजेटमा बिचौलीयाको चलखेल रहेको दाबी गरे ।

एमालेले १४ गते ७ बजेदेखि १५ गते बिहान ८ बजेसम्मको सिसिटिभी फुटेज सार्वजनिक गर्न समेत माग गरिएको छ । यस्तै यो घटनामा संलग्नलाई छानविन गरेर कारबाही गर्न माग गरिएको छ । कारबाही गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने एमालेको माग रहेको छ ।


क्लिकमान्डु