मौसम खराबीका कारण काठमाडौं–पोखराका ५ उडान रद्द



काठमाडौं । मौसम खराबीका कारण काठमाडौंबाट पोखरा उडानका लागि तय भएका बुध्द एयरका ५ वटा हवाई उडान रद्द भएका छन् ।

बुध्द एयरका अनुसार बुधबारका लागि तय भएका ५ वटा हवाई उडान रद्द गरिउको हो । उडान नम्बर ६११, ६५३, ६१३, ६१५ र ६१७ नम्बरका उडान रद्द गरिएको हो ।

यता यति एयरलाइन्सको काठमाडौं–पोखराको उडान पनि रद्द गरिएको छ । त्यसैगरी विमानस्थलका अनुसार तारा एयरको लुक्लाबाट आउनु पर्ने विमानको उडान पनि गरिएको छ ।


क्लिकमान्डु