११ महिनामा श्रमसम्बन्धी १६८ मुद्दा दायर



काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा श्रमसम्बन्धी १६८ मुद्दा दायर भएको छ । श्रम अदालतले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा १६८ वटा श्रमसम्बन्धी मुद्दा दायर भएको जनाएको छ ।

न्यायाधीश अध्यक्ष बासुदेव आचार्य, सदस्य प्रेम कुमार र सदस्य निशा बानियाँ रहेको श्रम अदालतमा ११ महिनाको अवधिमा फिराद/निवेदन ९ वटा, श्रम कार्यालय उपरको पुनरावेदन ५६ वटा, व्यवस्थापन उपरको पुनरावेदन ८५ र अन्य १८ गरी १६८ मुद्दा दायर भएको जनाएको छ ।

त्यसैगरी, जेठ महिनामा मात्रै २० वटा मुद्दा दायर भएको श्रम अदालतको भनाइ छ । श्रम अदालतअनुसार गत वर्ष दर्ता भएको मुद्दामध्ये २२९ वटा फछ्र्यौट हुन बाँकी रहेको छ । हाल अदालतमा गत वर्ष र यो वर्षको गरी ३९७ मुद्दा दर्ता छन् ।

दर्ता भएको मुद्दामध्ये १७ वटा फिराद/निवेदन, ११४ वटा श्रम कार्यालय उपरको पुनरावेदन, २४८ वटा व्यवस्थापन उपरको पुनरावेदन र अन्य १८ रहेको छ ।

अदालतमा दर्ता भएको मुद्दामध्ये १९३ वटा फछ्र्यौट भइसकेको छ भने २०४ वटा फछ्र्यौट हुन बाँकी छ ।

आर्थिक वर्ष २०७७/७८ म ३१४ मुद्दा दर्ता भएको मुद्दामा १८३ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । तर, ८५ वटा मात्रै फछ्र्यौट भएको अदालतले जनाएको छ । जसमा अदालतले ४६ प्रतिशत मात्रै लक्ष्य पूरा गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २२३ वटा मुद्दा दर्ता भएकोमध्ये १६१ वटा फछ्र्यौट गर्ने लक्ष्य लिएको छ । लक्ष्य लिएकोमा अदालतले १०८ वटा मुद्दा भने फछ्र्यौट गरेको छ ।


क्लिकमान्डु