सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो




काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा सोमबार १५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु