किसानलाई तत्काल मलखाद उपलब्ध गराउन सभामुखद्वारा सरकारलाई निर्देशन

196
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई समयमा नै मलको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् ।

खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सापकोटाले सरकारलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल, बीउ नपाएको भनी संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले उक्त मागप्रति ध्यानाकर्षण भएको जनाए । सापकोटाले शीघ्ररुपमा मलखादको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए ।

‘खेतीका समयमा पनि मल उपलब्ध नभइरहेका सन्दर्भमा माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ’ उनले भने ‘यथाशीघ्र किसानलाई मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’