सिवाईसी नेपाल लघुवित्तको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकरण भएको हो । यसको ओपनिङ रेञ्ज प्रतिकित्ता ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ०८ पैसासम्म रहेको छ ।

कम्पनीको कारोबार सोमबारबाट सुरु हुने छ । कम्पनीले सीवाईसीएल सिम्बोल पाएको छ ।


क्लिकमान्डु