सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढ्यो




काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएकोमा १५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा आइतबार ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु