शुक्रबार नेप्से १७ अंकले घट्दा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । बिहीबार १७ अंकले ओरालो लागेको नेप्से परिसूचक शुक्रबार १४.६४ अंकले घटेको छ । बुधबार एकै दिन ६० अंकले बढेको नेप्से परिसूचक त्यसपछिका २ दिन लगातार घटेर २०४८.१६ विन्दुमा झरेको छ ।

यो दिन ३० लाख ४५ हजार ८३८ कित्ता सेयर ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको बेला तीन वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । जसमा उपकार लघुवित्त वित्तीय संस्था, ग्रीन भेञ्चर र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।


क्लिकमान्डु