सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो




काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेवाजी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु