नेपाल लाइफ इन्स्योरेन्सले शिक्षण अस्पताललाई दियो १०० वटा ह्वीलचियर



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरि औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले हाम्रो समाजप्रति पनि ठूलै दायित्व रहेको बताए ।

हाललाई १०० वटा ह्वीलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउदा देखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद दिए ।


क्लिकमान्डु